मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई जानकारी गराउन माग
काठमाडाैं | चैत २७, २०७९
काठमाडौं: नेकपा (एमाले)का सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाइ छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताउनुभयो ।
सांसद पौडेलले भन्नुभयो, ‘‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडित काठमाडौंमा आउनुभयो । धर्ना बस्नु भयो । सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’’
सांसद पौडेलले मिटरब्याज पीडितको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताउनुभयो ।
काठमाडौं: नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्ण...
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योत...
पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् । माघी मेलाको अवसरमा सभा युला सभाथर परिवारको आयोजनामा सम्पन्न भएको प्रति...

